कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बर्दियामा असार ७ गतेसम्म निषेधाज्ञा

कमल पन्थी

बर्दिया — कोभिड १९ को संक्रमण नियन्त्रण, रोकथाम र उपचारका लागि स्थानीय प्रशासनले केही खुकुलो गर्दै असार १ देखि ७ गते सम्म लम्बाएको छ । सक्रिय कोरोना संक्रमण पाँच सय नघटेकोले एक साता थपिएको स्थानीय प्रशासनले जनाएको छ ।

बर्दियामा असार ७ गतेसम्म निषेधाज्ञा

हरेक दिन २ बजेसम्म स्वास्थ्य मापदण्डको पालना गरी खाद्यान्न, फलफूल र दैनिक उपभोग्यका पसल सञ्चालनको अनुमति दिएको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए । यसअघि बिहान ७ देखि ११ बजेसम्म पसल सञ्चालन भइरहेको थियो ।

सार्वजनिक यातायात, शिक्षण संस्थान, सैलुन, ब्युटिपार्लर, जिम, खेल प्रतियोगिता, होटल र सरकारी तथा गैरसरकारी कार्यालय समेत बन्द रहनेछन् । वित्तीय संस्थान २ बजेसम्म सञ्चालन गर्न पाउनेछन् ।

विद्यालयले फोन, इमेल लगायतबाट विद्यार्थी भर्ना गर्न पाउनेछन् । पाठ्यपुस्तक सम्बन्धित विद्यालयका शिक्षकले टोलटोलमा पुगेर विद्यार्थीलाई वितरण गर्न पाउने प्रजिअ सुनारले जनाए । वैकल्पिक शिक्षालाई निरन्तरता दिइने भएको छ । निषेधाज्ञाको उल्लंघन गरिए अनुगमन टोलीले तत्काल पसलमा ताला लगाइ कारबाही गर्न अधिकार दिएको छ ।

बर्दियामा सक्रिय कोरोना संक्रमितको संख्या ७ सय ४८ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । दोस्रो चरणको कोरोनाबाट हालसम्म १ सय २२ जनाको ज्यान गइसकेको छ ।

प्रकाशित : जेष्ठ ३१, २०७८ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?