कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अवैध काठसहित ४ जना पक्राउ

अमृता अनमोल

बुटवल — रुपन्देहीको देवदहमा अवैध सालको काठसहित ४ जना पक्राउ परेका छन् ।

बिहान करिब एक बजे लु २ ख ४५०१ नम्बरको जीपसहित १४२ क्युफिट काठ बरामद गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

पक्राउ पर्नेमा मुख्य नाइके देवदह–१० चरंगेका प्रेमबहादुर थापा, बुटवल उपमहानगरापलिका –३ का रोहित घले, पाल्पाको रैनादेवी गाउापालिका–६ का गंगाबहादुर बुढा र झविन्द्र बलाल रहेका छन् ।

काठ तस्करीको विशेष सूचनाका आधारमा प्रहरीले छापा मार्दा उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेकालाई थप कारबाहीका लागि डिभिजन वन कार्यालय रुपन्देहीमा पठाइएको छ।

प्रकाशित : जेष्ठ ३१, २०७८ १५:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?