कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

रुपन्देहीमा सरकारविरुद्ध कालोपट्टी बाँधेर प्रदर्शन

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको सैनामैनामा क्रियाशील विभिन्न राजनीतिक दलका भातृ संगठन तथा संघ–संस्थाले सरकारविरुद्ध कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन् । उनीहरुले केपी शर्मा ओली नेतृत्वको सरकारले संविधानविपरीत राष्ट्रघाती कदम चालेको र सांघातिक आक्रमण गरिरहेको भन्दै सरकारको विरोध स्वरुप टाउकोमा कालोपट्टी बाँधेर उत्रिएका थिए ।

रुपन्देहीमा सरकारविरुद्ध कालोपट्टी बाँधेर प्रदर्शन

साथै उनीहरुले सुर्खेतमा शुक्रबार राति भ्रष्टाचारविरुद्ध अभियानमा लागेका सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीको समूहलाई सरकारी पक्षबाट आक्रमण भएको आरोप लगाउँदै घटनाको कडा निन्दा गरेका छन् । उनीहरुले शाही घटनामा संलग्नलाई तुरुन्त कारबाही नगरे सरकारविरुद्ध आन्दोलन चर्काउने चेतावनीसमेत दिएका छन् ।

युवाहरुले शान्ति सुरक्षा कायम गर, अभियन्ता कुट्न पाइँदैनजस्ता नारा लगाएका थिए । विरोधमा नेपाली कांग्रेस भातृ संगठन तरुण दल, बीपी स्टडी युथ सर्कल, नेकपा (माओवादी केन्द्र)को योङ कम्युनिस्ट लिग (वाईसीएल), सत्य संजाल सैनामैना लगायतमा आबद्ध युवहरुको सहभागिता थियो ।

प्रकाशित : जेष्ठ २९, २०७८ २१:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोखरा विमानस्थलको ऋण अनुदानमा परिणत गर्न सरकारले पत्राचार गरेको छ । अब चीनले के गर्ला ?

x
×