कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अवैध उत्खननमा संलग्न १४ टिपर प्रहरी नियन्त्रणमा

सन्जु पौडेल

तिलोत्तमा — जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नदीजन्य पदार्थ दोहनमा संलग्न टिपर र ट्याक्टर नियन्त्रणमा लिएको छ । प्रहरीले बिहीबार १४ वटा टिपर र पाँच वटा ट्याक्टर नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका सबै टिपर र ट्याक्टरलाई आवश्यक कारबाहीको लागि जिल्ला समन्वय समितिमा पठाइएको डीएसपी सत्यनारायण थापाले बताए । ती साधन तिलोत्तमा नगरपालिका–३, मगरघाट र बुटवल उपमहानगरपालिका–१७, पथ्थरगञ्जस्थित तिनाउ नदीबाट नियन्त्रणमा लिएको थापाले बताए ।

जेठ १६ गतेदेखि अहिलेसम्म २ वटा एक्साभेटर, ५२ वटा टिपर, १३ वटा ट्याक्टर र एउटा ट्रक नियन्त्रणमा लिएको भन्दै उनले आफूहरुको नियमित कार्यभित्रै पनेर् भएकाले अनुगमन र नियन्त्रणलाई निरन्तरता दिइरहेको बताए । जिल्लामाजारी निषेधाज्ञाको अवज्ञा गरी नदीजन्य पदार्थ उत्खनन गरी नियम विपरीत कार्य गर्नेलाई कारबाहीको दायरामा ल्याउने उनले बताए ।

प्रकाशित : जेष्ठ २१, २०७८ १५:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?