कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाँकेमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

रुपा गहतराज

बाँके — बाँकेमा कोरोना संक्रमणबाट बुधबार राति ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा बाँके, बर्दिया,दाङ, कञ्चनपुर, कैलाली छन् । त्यसमध्ये तीन जना बाँकेका हुन् ।

बाँकेमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु


नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० का ५७ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । वैशाख १९ गते कोरोना पुष्टि भएका उनलाई जेठ ३ गते भर्ना गरिएको थियो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० कै ५५ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ । उनलाई ६ गते भर्ना गरिएको थियो ।

यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का ७३ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ । उनी वैशाख २७ गते भर्ना भएकी थिइन् ।

कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ का ७४ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ । उनलाई जेठ ३ गते भर्ना गरिएको थियो ।

बर्दिया बाँसगढी नगरपालिका वडा नम्बर ५ का ७५ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ । उनलाई ११ गते भर्ना गरिएको थियो ।

कञ्चनपुर पुनर्बास नगरपालिका वडा नम्बर ६ का ४७ वर्षीया महिलाको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । उनलाई १८ गते भर्ना गरिएको थियो ।

दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ३ का ५६ वर्षीया महिलाको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । उनलाई ११ गते भर्ना गरिएको थियो ।

बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ५ का ८० वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । जेठ १२ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो ।

प्रकाशित : जेष्ठ १३, २०७८ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?