कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भैरहवामा कोरोनाबाट थप पाँचको मृत्यु

माधव ढुंगाना

भैरहवा — भैरहवाका दुई अस्पतालमा उपचाररत थप पाँच जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । भीम अस्पतालमा चार र युनिभर्सल शिक्षण अस्पतालमा एक जना संक्रमितको मृत्यु भएको हो । 

भैरहवामा कोरोनाबाट थप पाँचको मृत्यु

भीम अस्पतालका सूचना अधिकृत डा. नारायण पोखरेलका अनुसार कपिलवस्तुको शिवराज नगरपालिकास्थित समितिचोकका २३ वर्षीय एक युवक, रूपन्देहीको सैनामैना नगरपालिका–२ का ७० वर्षीय, सैनामैना–१ का ४६ वर्षीय, सिद्धार्थनगर–१ का ५१ वर्षीय पुरुषको मृत्यु भएको छ ।

कपिलवस्तुका २३ वर्षीय ती युवकलाई गत वैशाख ३१ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गरिए पनि बचाउन नसकिएको उनले बताए ।युनिभर्सल शिक्षण अस्पतालका प्रशासन संयोजक तेज केसीले सिद्धार्थनगर नपा–३ का ७४ वर्षीय एक पुरुषको मृत्यु भएको बताए ।


प्रकाशित : जेष्ठ १३, २०७८ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?