कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाल्पामा कोरोनाबाट थप २ जनाको मृत्यु

माधव अर्याल

पाल्पा — पाल्पामा आइतबार कोरोना भाइरस संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । मिसन अस्पतालमा दुवै जनाको मृत्यु भएको हो ।

तानसेन नगरपालिका–५, का ६५ वर्षीय पुरुषको मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । उनका अनुसार उनको जेठ ४ गते एन्टिजेन परीक्षण भएको थियो ।

यस्तै, रैनादेवी छहरा गाउँपालिका–३, भुवनपोखरीकी ४९ वर्षीया महिलाको मृत्यु भएको छ । जेठ २ गते पीसीआर गर्दा पोजेटिभ पुष्टि भएकी उनी घरमै थिइन् । सिकिस्त भएपछि मिसन अस्पतालमा उपचारका लागि पठाएको वडाध्यक्ष लालबहादुर दर्लामीले बताए ।

भुवनपोखरीमा आजभोलि संक्रमित बढेका छन् । भुवनपोखरीमा १ सय ७ जनाको पीसीआर गर्दा ८२ जनामा पोजेटिभ पुष्टि भएको थियो । अहिलेसम्म ४ जनाको विभिन्न अस्पतालहरुमा मृत्यु भएको वडाध्यक्ष दर्लामीले बताए ।

प्रकाशित : जेष्ठ ९, २०७८ २१:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?