कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

संसद् विघटनको विरोधमा रुपन्देहीमा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन

सन्जु पौडेल

तिलोत्तमा — असंवैधानिक तवरबाट प्रतिनिधिसभा विघटन गरेको भन्दै नेपाल विद्यार्थी संघ रुपन्देहीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् ।

संसद् विघटनको विरोधमा रुपन्देहीमा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन

सरकार बन्ने अवस्था हुँदाहुँदै संविधान मिचेर प्रतिनिधिसभा विघटन गरेको भन्दै आइतबार रुपन्देहीको तिलोत्तमामा नेविसंघले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो । संसद् विघटनको निर्णय नसच्याए थप आन्दोलन चर्काउने संघले बताएको छ ।

कोरोना कहरले मुलुक आक्रान्त भएको बेला सत्ताको आयु लम्ब्याउन गरिएको प्रपञ्चलाई नस्वीकार्ने नेविसंघ रुपन्देहीका पूर्वसभापति सन्तोष डिसीले बताए ।

प्रधानमन्त्री ओलीको सिफारिसमा शुक्रबार मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

प्रकाशित : जेष्ठ ९, २०७८ २०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?