कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

प्रहरीको गोलीले युवकको मृत्यु भएको घटना छानबिन गर्न समिति

परासी — पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ मा बुधबार सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएपछि गृह मन्त्रालयले बिहीबार छानबिन समिति गठन गरेको छ । नेपाल–भारत सीमावर्ती नाकामा स्थानीय र सुरक्षाकर्मीबीच विवाद हुँदा सशस्त्र प्रहरीको गोली लागेर प्रतापपुर गाउँपालिका–६ का २२ वर्षीय अविनाश राजभरको मृत्यु भएको हो ।

प्रहरीको गोलीले युवकको मृत्यु भएको घटना छानबिन गर्न समिति

गृह मन्त्रालयका सहसचिव कृष्णप्रसाद पन्तको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए । समितिको सदस्यमा सशस्त्र प्रहरीका डीआईजी किशोर प्रधान, नेपाल प्रहरीका एसएसपी मधुसुधन लुइँटेल, गृह मन्त्रालयका उपसचिव माधवप्रसाद पोखरेल, राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक सुशान्त शर्मा रहेका छन् ।

समितिले एक हप्ताभित्र रायसहितको प्रतिवेदन मन्त्रालयमा बुझाउनेछ ।

प्रकाशित : जेष्ठ ७, २०७८ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?