कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाउँघरमै अल्झिँदा स्वास्थ्य गम्भीर

बर्दिया — गुलरिया–१० का रणवीर गोडियालाई रुघाखोकी र ज्वरोले करिब दुई सातासम्म निकै सतायो । उनले स्वास्थ्य परीक्षण नगराई झोलामा औषधि बोकेर घरघर पुग्ने व्यक्तिसँग उपचार गराए । उनको सामान्य रुघाखोकी र ज्वरो त निको भयो तर गाउँका धेरैजसो त्यस्ता व्यक्तिको भर पर्दा बिरामी परेका छन् ।

सदरमुकाम गुलरियाको मथुरा, हरिद्वार, गुलरिया, मोहम्मदपुर र खैरापुर गाउँमा अहिले रुघाखोकी, टाउको दुख्ने र ज्वरो आएका मानिस धेरै छन् । कोरोनाको लक्षणजस्तै देखिने रोगको उपचार भने उनीहरूले प्रमाणपत्र नभएका झोलामा औषधि बोकेर हिँड्ने ‘नक्कली डाक्टर’बाटै गराउने आएका छन् । भन्सार रोडका अधिकांश घरमा ज्वरो आएका मानिस प्रशस्त छन् । सबैभन्दा बढी भारतीय सीमासँग जोडिएका बर्दियाका गाउँका बासिन्दा ज्वरो र रुघाखोकीबाट पीडित छन् । कतिपय भारतीय सीमावर्ती बजार पुगेर ‘नक्कली डाक्टर’ सँग उपचार गराउन सक्रिय रहेको गुलरिया–१०, रत्नापुरका दीपक चौधरीले बताए ।

‘झोले डाक्टर’ ले दुखाइ र ज्वरो कम गर्ने औषधि दिने गरेका छन् । यसले गर्दा गम्भीर खाले बिरामी अकालमै ज्यान गुमाउन बाध्य भएको स्वास्थ्यकर्मीहरूले बताए । गुलरिया–१० का वडाध्यक्ष हरिप्रसाद पासीले गाउँघरमा ज्वरोले समस्या आएको बताए । सीमापारिबाट आउजाउ गर्ने यस वडामा उत्तिकै छन् ।

सुरक्षाकर्मीले उनीहरूलाई रोक्ने प्रयास नगर्दा कोरोनाको जोखिम बढेको स्थानीयको भनाइ छ । स्थानीय वीरबल थारूले भारतबाट खुलेआम मानिसहरू गाउँ पस्ने गरेकाले कोरोना संक्रमण फैलिएको बताए । गुलरिया स्वास्थ्य शाखा कार्यालयका अनुसार सदरमुकामभित्र करिब ८० प्रतिशत घर ज्वरो, रुघाखोकी र निमोनियाले ग्रस्त छन् ।


प्रकाशित : जेष्ठ ४, २०७८ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?