कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

पाल्पामा थप ४ कोरोना संक्रमितको मृत्यु

माधव अर्याल

पाल्पा — पाल्पा अस्पताल र लुम्बिनी मेडिकल कलेजमा थप ४ जना कोराना भाइरस संक्रमितको मृत्यु भएको छ । शुक्रबारदेखि कोरोना संक्रमितको उपचार सुरु गरेको पाल्पा अस्पतालमा तानसेन र रैनादेवी छहराका बिरामीको मृत्यु भएको हो । 

पाल्पामा थप ४ कोरोना संक्रमितको मृत्यु

रैनादेवी छहरा गाउँपालिका–४, छहरा मेहलढापका २७ वर्षीय पुरुषको शुक्रबार राति, तानसेन नगरपालिका–५ का ८० वर्षीय पुरुष र रैनादेवी छहरा–४, छहराकै ७८ वर्षीय पुरुषको शनिबार मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । बिरामीका आफन्तका अनुसार रैनादेवी छहराका २७ वर्षीय पुरुषको शुक्रबार एन्टिजेन परीक्षणमा पोजिटिभ देखिएको थियो । उनलाई उपचारका लागि मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा बेड खोजी गर्दागर्दै कतै पाएका थिएनन् । ‘केही समय बेडका लागि पर्खियौं,’ बिरामीका आफन्तले भने, ‘तर हामीले हरसम्भव प्रयास गर्दा पनि बेड पाउन सकिएन ।’

उनलाई अक्सिजन दिनुपर्ने अवस्थामा नपाएपछि रिब्दीकोटको खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि अन्यत्र लैजान सिफारिस भएपछि अन्यत्र कहींकतै बेड नपाएपछि पाल्पा अस्पताल ल्याएको केही समयमा मृत्यु भएको थियो ।

यसैबीच, लुम्बिनी मेडिकल कलेज प्रभासमा शनिबार स्याङ्जाका ७२ वर्षीय संक्रमितको मृत्यु भएको छ । गल्याङ नगरपालिका–७ का उनको गत वैशाख २१ गते पीसीआर पोजिटिभ आएको थियो ।


प्रकाशित : जेष्ठ १, २०७८ २०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×