जेठदेखि रुपन्देहीका सबै पत्रपत्रिकाकाे प्रकाशन स्थगन

अमृता अनमोल

बुटवल — कोरोना संक्रमणले चौतर्फी प्रभाव पारिरहेका बेला रुपन्देहीका सबै पत्रपत्रिका बन्द हुने भएका छन् । प्रकाशन तथा प्रसारण समाज रुपन्देहीले कोरोना संक्रमण र निषेधज्ञाका कारण  दिन प्रतिदिन चुनौती थपिँदै गएको जनाउँदै जेठ १ गतेबाट सबै पत्रपत्रिकाको प्रकाशन स्थगन गर्ने निर्णय गरेको हो । 

जेठदेखि रुपन्देहीका सबै पत्रपत्रिकाकाे प्रकाशन स्थगन

समाजका अध्यक्ष नवराज कुँवरद्वारा जारी विज्ञप्तिमा नचाहँदा नचाहँदै पनि चर्को चुनौतीका कारण प्रकाशन स्थगन गर्न बाध्य भएको उल्लेख गरिएको छ ।

रुपन्देहीमा ६ वटा दैनिकसहित २ दर्जन साप्ताहिक पत्रिकाहरु नियमित रुपमा प्रकाशन हुँदै आएका थिए । यसैबीच रेडियो, टेलिभिजन र अनलाइन सञ्चार माध्यमहरु भने स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न सकिने समाजले जनाएको छ ।

प्रकाशित : वैशाख ३०, २०७८ १६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?