कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुटवल कोरोना अस्पतालमा थप २ जनाको मृत्यु 

अमृता अनमोल

बुटवल — बुटवलको कोरोना विशेष अस्पतालमा थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुने दुवैजना रुपन्देहीको तिलोत्तमा  नगरपालिकाका पुरुष रहेका छन् । 

बुटवल कोरोना अस्पतालमा थप २ जनाको मृत्यु 

अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार आईसीयूमा उपचाररत तिलोत्तमा नगरपालिका ५ का पुरुषको बिहीबार बिहान ७ बजेर ४५ मिनटमा मृत्यु भएको हो । उनी २४ गते अस्पताल भर्ना भएका थिए ।

एचडीयूमा उपचाररत तिलोत्तमा १३ का २७ वर्षे पुरुषको गएराति ८ बजेर १५ मिनटमा मृत्यु भएको हो ।

दुवैजनामा निमुनिया र श्वासप्रश्वासको समस्या रहेको डा. गौतमले बताए ।

प्रकाशित : वैशाख ३०, २०७८ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?