२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५५२

कपिलवस्तुमा संक्रमणले थप पाँचको मृत्यु

मनोज पौडेल

कपिलवस्तु — कोरोना भाइरस संक्रमणले बुधबार यहाँ पाँच जनाको मृत्यु भएको छ । शिवराज नगरपालिकाका ३ पुरुषको मृत्यु भएको छ । शिवराज नगरपालिकाद्वारा संचालित नगर अस्पतालमा उपचाररत उनीहरुको स्वास्थ्यमा जटिलता आएपछि थप उपचारका लागि बाहिर लगिँदै थियो ।

एक जनालाई भरतपुर, अर्कालाई बुटवल र अर्कालाई भैरहवा लैजाँदा गर्दा बाटोमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन उमेश घिमिरेले जनाए ।

कपिलवस्तु नगरपालिका–१, की २२ वर्षे महिलाको मृत्यु भएको छ । उनको तौलिहवा स्थित जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । त्यस्तै बुद्धभूमि नगरपालिका–१ का ३९ वर्षे पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन घिमिरेले बताए । जिल्लामा संक्रमणबाट मृत्यु हुनेको संख्या ९७ पुगेको छ । जिल्लामा कोरोना भाइरस सक्रिय संक्रमित बढेर एक हजार दुई सय २५ पुगेको छ ।

प्रकाशित : वैशाख २९, २०७८ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?