कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कपिलवस्तुमा दुई जना कोरोना संक्रमितको मृत्यु

मनोज पौडेल

कपिलवस्तु — कोरोना भाइरस संक्रमणले मंगलबार यहाँ दुई जनाको मृत्यु भएको छ ।

बुद्धभूमि नगरपालिका–१ का ३९ वर्षीय पुरुषको मृत्यु भएको छ । विजयनगर गाउँपालिका–४ का ५२ वर्षीय पुरुषको पनि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन उमेश घिमिरेले बताए ।

जिल्लामा संक्रमणबाट मृत्यु हुनेको संख्या ७८ जना पुगेको छ । मंगलबार कोरोनाका ७६ जना नयाँ सक्रमित थपिएका छन् । कोरोना भाइरस सक्रिय संक्रमित भने एक हजार १९० जना पुगेको छ ।

प्रकाशित : वैशाख २८, २०७८ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?