कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अक्सिजन अभाव भएपछि सेवा घटाउँदै मेडिकल कलेज

अमृता अनमोल

बुटवल — अक्सिजन अभाव भएको बताउँदै रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सले बिरामीको उपचार गर्न नसक्ने बताएको छ ।

अक्सिजन अभाव भएपछि सेवा घटाउँदै मेडिकल कलेज

अस्पतालले आइतबार विज्ञक्ष्ति निकाल्दै सोमबारदेखि नयाँ बिरामी भर्ना नलिने एवं सिमित संख्यामा मात्रै बिरामी राख्ने बताएको छ । दैनिक २ सय संक्रमित बिरामीको उपचार गर्ने अस्पतालले त्यसका लागि दैनिक ७ सय सिलिण्डर आवश्यक पर्ने बताएको छ ।

‘दैनिक २ सय गम्भीर प्रकृतिका बिरामीको उपचार गर्दै आएकोमा उपचारमा आवश्यक पर्ने दैनिक ७ सय सिलिन्डरको नियमित व्यवस्थापन गर्न तथा वैकल्पिक व्यवस्था गर्न सहज परिस्थिति सृजना भएको छ,’ विज्ञप्तिमा भनिएको छ , ‘नियमित अक्सिजन आपूर्ति नभएसम्मका लागि सिमित श्य्यामात्रै संचालनमा ल्याइ सेवा प्रदान गरिने छ ।’

जिल्ला प्रशासन कार्यालयले दैनिक ४ सय सिलिण्डर अक्सिजन उपलब्ध गराउने बताएपनि अस्पतालले तोकिए बमोजिम अक्सिजन नपाएको बताएको छ ।

अस्पतालको विज्ञप्ति :

प्रकाशित : वैशाख २६, २०७८ १७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?