कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पृथ्वीचन्द्र अस्पतालमा कोरोनाबाट एकैदिन ४ को मृत्यु 

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीमा कोरोना संक्रमणको कारण शनिबार एकै दिन ४ जनाको मृत्यु भएको छ । चारै जनाको पृथ्वीचन्द्र जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

पृथ्वीचन्द्र अस्पतालमा कोरोनाबाट एकैदिन ४ को मृत्यु 

मृत्यु हुनेमा बर्दघाट नगरपालिका-४ का ७८ वर्षीय पुरुष, रामग्राम नगरपालिका-१६ का ६२ वर्षीय पुरुष , वडा नम्बर ४ का ४४ वर्षीय एक पुरुष र सुस्ता गाउँपालिका-५ का ३५ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका प्रमुख कृष्णप्रसाद पोखरेलले बताए ।

योसहित दोस्रो लहरको संक्रमणका कारण जिल्लामा १३ जनाले ज्यान गुमाएका छन् ।

यसैगरी पूर्वी नवलपरासीमा कोरना संक्रमणबाट जिल्लाको देवचुली र गैंडाकोट नगरपालिकाका एक/एक जना पुरुषको मृत्यु भएको छ ।

होम आइसोलेसनमा बसेका उनीहरुलाई श्वास प्रश्वासमा समस्या आएपछि उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय पूर्वी नवलपरासीका प्रमुख केशव प्रसाद चापागाईंले बताए ।


प्रकाशित : वैशाख २५, २०७८ १५:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?