कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दाङमा कोरोना संक्रमित बोक्न अटो एम्बुलेन्स

दुर्गालाल केसी

दाङ — कोरोना संक्रमितलाई बोक्ने एम्बुलेन्स अभाव भएपछि तुलसीपुरमा अटो रिक्सालाई एम्बुलेन्सका रुपमा प्रयोग गर्न थालिएको छ । तुलसीपुर उपमहानगरपालिकामा ९ वटा अटो एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको छ ।

दाङमा कोरोना संक्रमित बोक्न अटो एम्बुलेन्स

अटोलाई लकडाउनभरि एम्बुलेनसका रुपमा प्रयोग गर्ने गरी तयारी गरिएको एम्बुलेन्स परिचालन समितिका संयोजक दिपक कुमालले बताए । तुलसीपुर क्षेत्रमा एम्बुलेन्सले बिरामीहरुसँग चर्को भाडा लिन थालेपछि कोरोना संक्रमितलाई गाउँबाट सहरसम्म सहजरुपमा पुर्‍याउन अटो एम्बुलेन्सको प्रयोग गरिएको कुमालले बताए ।

अटो एम्बुलेन्सलाई शुक्रबार तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गरिएको छ । जेसिसका पूर्व अध्यक्ष मोहन सुनार, अजय दुलाल र सुनिलबाबु डाँगीको पहलमा अटो एम्बुलेन्स सञ्चालन गरिएको हो ।

प्रकाशित : वैशाख २५, २०७८ ११:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?