कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिरामीलाई अक्सिजन पुर्‍याउन नसकिने भीम अस्पतालको सूचना

सन्जु पौडेल

तिलोत्तमा — भैरहवास्थित भीम अस्पतालले हाल भर्ना भएका बिरामीलाई अक्सिजन पुर्‍याउन सकिने अवस्था नरहेको जनाएको छ ।

बिरामीलाई अक्सिजन पुर्‍याउन नसकिने भीम अस्पतालको सूचना

हालको विद्यमान कोभिड–१९ को महामारीमा बिरामीहरुको अत्याधिक चापका कारण अक्सिजनको सप्लाई अपुग भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले बताए । ‘अस्पतालमा ६७ जना कोरोना संक्रमित भर्ना भइ उपचाररत छन्,’ उनले भने, ‘सप्लायर्सले पुर्‍याउन सक्दिनँ भनेर हात उठाउँदा र बिरामीलाई हाईफ्लोमा राख्नुपर्दा अक्सिजनको माग बढिरहेको छ । ’

तत्काललाई प्रशासनमार्फत केही थान आए पनि अक्सिजन पुर्‍याउन सकिने अवस्था नरहेकाले सोही अनुसार व्यवस्थापन गर्न अस्पतालले शुक्रबार सूचनामार्फत नै जानकारी गराउन बाध्य भएको उनले बताए ।

प्रकाशित : वैशाख २४, २०७८ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?