कोरोना संक्रमणबाट एकै घरका ३ दाजुभाइको मृत्यु

रूपा गहतराज

नेपालगन्ज — बाँकेमा कोरोना संक्रमणबाट एकै घरका ३ दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका–३ सदरलाइन निवासी एकै घरका ३ दाजुभाइ रहेका छन् ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार उनीहरुको एक–एक दिनको अन्तरालमा मृत्यु भएको हो । उनीहरु सबैको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

कान्छा भाइको मृत्यु भएको भोलिपल्ट राइँला भाइको मृत्यु भएको थियो । शुक्रबार बिहान काइँला भाइको मृत्यु भएको हो । बजारमा व्यवसाय गर्दै आएका उनीहरु सात भाइ थिए ।

हालसम्म बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६९ जना पुगेको छ भने उपचारका लागि बाहिरी जिल्लाबाट बाँके आएका १३० जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित : वैशाख २४, २०७८ १८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?