कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कपिलवस्तुमा कोरोना संक्रमित दुई प्रधानाध्यापकको मृत्यु

मनोज पौडेल

कपिलवस्तु — कोरोना संक्रमणबाट शुक्रबार दुई निजी विद्यालयका प्रधानाध्यापकको मृत्यु भएको छ ।

कपिलवस्तुमा कोरोना संक्रमित दुई प्रधानाध्यापकको मृत्यु

कोरोना संक्रमित शिवराज नगरपालिका–३ की ४७ वर्षीया महिलाको मृत्यु भएको छ । उनी फफुरी इंग्लिस बोर्डिङ स्कूल चन्दौटाकी प्रधानाध्यपक थिइन् । शिवराज नगरापलिका–५ का ३६ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनी खरेन्द्रपुरस्थित गोल्डेन पार्क एकेडमीका प्रधानाध्यापक थिए ।

दुवै जनाको शिवराज नगरपालिकाले चन्द्रौटामा सञ्चालन गरेको आइसोलेसन सेन्टरमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन उमेश घिमिरेले बताए ।

जिल्लामा संक्रमणबाट मृत्यु हुनेको संख्या ६३ पुगेको छ । जिल्लामा कोरोना भाइरस सक्रिय संक्रमित ८ सय ७३ जना रहेका छन् ।

प्रकाशित : वैशाख २४, २०७८ १६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?