कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जिप भिरबाट खस्दा चालकको मृत्यु

दुर्गालाल केसी

दाङ — दाङमा जिप भिरबाट खस्दा चालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–४ भंगानेमा मंगलबार राति बा१३च ८०४८ नम्बरको जिप दुर्घटना हुँदा घोराही–१३ बडहराका विष्णु गिरीको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा जिपमा सवार दुई जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–४ का ३३ वर्षीय राजकुमार थापा र र तुलसीपुर–१६ का २३ वर्षीय वसन्त भण्डारी छन् ।

घाइतेहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ । रोल्पाबाट घोराही आउँदै गरेको जिप सडकबाट खसेको हो ।


प्रकाशित : वैशाख २२, २०७८ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?