कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२४ घण्टाका लागि बेलहिया नाका बन्द

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको भैरहवा (बेलहिया–सुनौली) नाका २४ घण्टाका लागि बन्द गरिएको छ । रुपन्देहीसँग सीमा जोडिएको भारतको उत्तर प्रदेश राज्यस्थित महाराजगञ्ज जिल्लामा गाउँ पञ्चायतको निर्वाचन भएकाले नाका बन्द गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले बताए ।

२४ घण्टाका लागि बेलहिया नाका बन्द

'मतदान सकिएपछि मात्रै नाका खुला हुन्छ,' उनले भने, 'अहिले बिरामीलाई बाहेक अन्यलाई आवतजावतमा रोक लगाइएको छ ।'

भारतमा कोरोना भाइरस संक्रमण बढेसँगै नाकामा भारतीय पक्षले कडाइ गर्दै आएको छ । सीमावर्ती भारतीय गाउँमा निर्वाचन भएपछि सुरक्षा गस्ती समेत बढाइएको छ ।


प्रकाशित : वैशाख ६, २०७८ १४:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?