कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पासो लगाएर झुन्डिएको अवस्थामा कैदीको शव फेला

माधव अर्याल

पाल्पा — जिल्ला कारागार पाल्पाका एक कैदी शौचालयमा मृत भेटिएका छन् । शौचालयको भेन्टिलेटरमा पासो लगाएर झुन्डिएको अवस्थामा उनको शव फेला परेको हो । 

स्याङ्जाको भिरकोट नगरपालिका–७ का ३० वर्षीय किसान गुरुङले आइतबार राति कारागारको शौचालयमा झुन्डिएर आत्महत्या गरेको कारागारकी प्रमुख भक्तिसरा रानाले बताइन् । उनका अनुसार सोमबार बिहानै शौचालय गएका अन्य कैदीबन्दीले गुरुङलाई शौचालयको भेन्टिलेटरमा झुन्डिएको अवस्थामा भेटेको खबर गरेका थिए ।

चोरी मुद्दामा कैद सजाय भोग्दै आएका गुरुङ २०७६ जेठमा स्याङ्जा कारागारमा थिए । पाँच वर्ष कैद तोकिएका उनलाई २०७६ माघमा पाल्पा कारागार ल्याइएको थियो । शव पोस्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइने कारागार प्रमुख रानाले बताइन् ।

प्रकाशित : वैशाख ६, २०७८ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?