कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७०

सुनौली–बेलहिया नाका हुँदै नेपाल आउनेको अनिवार्य स्वास्थ्य जाँच गरिने

माधव ढुंगाना

भैरहवा — भारतबाट सुनौली–बेलहिया नाका हुँदै नेपाल आउने नागरिकलाई सीमा नाकामा अनिवार्य स्वास्थ्य जाँच गरिने भएको छ ।

सुनौली–बेलहिया नाका हुँदै नेपाल आउनेको अनिवार्य स्वास्थ्य जाँच गरिने

कोभिड–१९को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र रुपन्देहीको शनिबार भैरहवामा सम्पन्न बैठकले अनिवार्य स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य जाँच गर्दा शंकास्पद व्यक्तिको अनिवार्य एन्टिजेन परीक्षण पनि गरिने भएको छ । एन्टिजेन परीक्षणमा पोजेटिभ देखिएकालाई सम्बन्धित अस्पताल एवं आसोलेसन सेन्टरमा पठाइने छ ।

होल्डिङ सेन्टरमा भारतबाट आएका यात्रुलाई राखेर अनिवार्य स्वास्थ्य जाँच गरी शंकास्पद यात्रुको तत्काल ऐन्टिजेन परीक्षण गरिने प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । सामान किनमेल गर्न र दैनिक कामकाजले आउजाउ गर्नेलाई हाल हेल्थ डेस्क रहेको स्थानबाट आवागमनको अनुमति दिइएको छ ।

कोभिड–१९को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि रुपन्देहीमा बिना मास्क सार्वजनिक स्थानमा हिँडडुल गर्नमा रोक लगाइएको छ । बिना मास्क सार्वजनिक स्थानमा हिँडडुल गरेको र स्वास्थ्य मापदण्डको पालना नगर्नेलाई कारबाही समेत गर्ने निर्णय भएको छ । ‘यसका लागि सुरुमा हामीले ‘नो मास्क नो मुभमेन्ट’ अभियान सञ्चालन गर्ने छौं,’ प्रजिअ तामाङले भने, ‘कारबाही प्रक्रिया पनि सँगसँगै लैजानेछौं ।’

यस्तै,बैठकले रुपन्देहीमा सम्पूर्ण व्यवसाय रातको ९ बजेसम्म मात्र सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

प्रकाशित : वैशाख ४, २०७८ १६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?