कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

जमुनाह नाकामा १४ जनाको परीक्षण गर्दा ९ जनामा कोरोना पुष्टि

रूपा गहतराज

नेपालगन्ज — बाँकेस्थित जमुनाह नाकामा भारतबाट आएका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जमुनाह नाकामा १४ जनाको परीक्षण गर्दा ९ जनामा कोरोना पुष्टि

शनिबार भारतबाट आएका १४ जनालाई आशंका गरेर जाँच गर्दा ९ जनामा कोरोना पुष्टि भएको नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताए ।

‘उनीहरुलाई नेपालगन्जमै आइसोलेसन बनाएर राख्ने तयारी गरिरहेका छौँ’,उनले भने,‘जिल्ला बाहिरका यात्रुलाई स्थानी यतहको समन्वयमा जिल्ला पठाइने छ ’

भारतको गुजरातबाट आएका ७ जना र दिल्लीबाट आएका २ जनालाई कोरोना देखिएको हो । कोरोना देखिनेमा ६ जना सुर्खेत तथा बाँके, दाङ र जाजरकोटका एक–एक जना रहेका छन् । नेपालगन्ज नाकामा यसअघि १५ जनामा कोरोना पुष्टि भइसकेको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताए । भारतको मुम्बई, गुजरात दिल्लीबाट आएका नेपालीमा कोरोना देखिएको हो ।

प्रकाशित : वैशाख ४, २०७८ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?