कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बालिका बन्धक र जबर्जस्ती करणीका आरोपी कारागार चलान

हरि गौतम

रुकुम पूर्व — नौ दिनसम्म बालिका बन्धक बनाएर जबरजस्ती गरेको आरोपमा पक्राउ परेका युवकलाई कारागार चलान गरिएको छ ।

रुकुमकोट जिल्ला अदालतको निमित्त श्रेष्तेदार अमृताकुमारी रिजालको इजलासले २३ वर्षीय ती युवालाई पुर्पक्षका लागि कारागार पठाउन आदेश गरेको हो । थुनछेक आदेशलगत्तै ती युवालाई रुकुम पश्चिमस्थित कारागार पठाइएको अदालतका तहशिलदार रवि खड्काले बताए । युवासँगै पक्राउ परेका बालकलाई भने अभिभावकको जिम्मा लगाइएको छ । १४ वर्षभन्दा मुनिकै रहेकाले उनलाई अभिभावकको जिम्मा लगाउने आदेश भएको हो ।

गत चैत १ गते १४ र १५ वर्षकी दुई बालिकालाई अस्थायी सदरमुकाम रुकुमकोट बोलाएर जिल्ला अस्पतालको एउटा कोठामा बन्धक बनाएर जबरजस्ती करणी गरेको भन्दै प्रहरीले ती युवा र बालकलाई पक्राउ गरेको थियो । युवाकै कोठामा बाहिरबाट ताला लगाएको अवस्थामा ती दुई बालिकालाई प्रहरीले चैत ९ गते फेला पारेको थियो । दुवै बालिकाकी आमाले छोरीहरु हराएको भनेर प्रहरीमा निवेदन दिएपछि प्रहरी खोजतलासमा लागेको थियो । पछि तिनै युवाको कोठामा बालिकाहरु भेटिएपछि प्रहरीले उनका विरुद्ध अपहरण, शरीर बन्धक तथा जबजस्ती करणीको मुद्दा दर्ता गरेको थियो ।


प्रकाशित : वैशाख ३, २०७८ १९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?