कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गुल्मीमा अटो रिक्सा दुर्घटना, १ को मृत्यु, ४ जना घाइते

घनश्याम गौतम

रूपन्देही — गुल्मीको सत्यवती गाउँपालिका–३ ठूलोलुम्पेकमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । नयाँ वर्षको अवसरमा लुम्पेक गाउँबाट पिकनिकका लागि सत्यवती डाँडामा जाने क्रममा लु २ स ००९९ नम्बरको अटो क्वाङखोला नजिकै बुधबार दुर्घटना भएको हो । 

दुर्घटनामा स्थानीय ३० वर्षकी तारा राहदीको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष रुकबहादुर रानाले जानकारी दिए । घटनामा संगीता राहदी, मिना राहदी, इन्द्रा तरामु र उनका छोरा ज्ञानबहादुर तरामु घाइते भएका छन् । घाइतेमध्ये संगीता राहाडीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते चारै जनालाई पाल्पा मिसन अस्पताल पठाइएको छ ।

अप्ठ्यारो बाटोमा अनियन्त्रित भए रिक्सा सडकबाट झण्डै १ सय मिटर तल खसेको स्थानीय जितु तरामुले बताए ।

प्रकाशित : वैशाख १, २०७८ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?