गुल्मीमा अटो रिक्सा दुर्घटना, १ को मृत्यु, ४ जना घाइते
रूपन्देही — गुल्मीको सत्यवती गाउँपालिका–३ ठूलोलुम्पेकमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । नयाँ वर्षको अवसरमा लुम्पेक गाउँबाट पिकनिकका लागि सत्यवती डाँडामा जाने क्रममा लु २ स ००९९ नम्बरको अटो क्वाङखोला नजिकै बुधबार दुर्घटना भएको हो ।
दुर्घटनामा स्थानीय ३० वर्षकी तारा राहदीको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष रुकबहादुर रानाले जानकारी दिए । घटनामा संगीता राहदी, मिना राहदी, इन्द्रा तरामु र उनका छोरा ज्ञानबहादुर तरामु घाइते भएका छन् । घाइतेमध्ये संगीता राहाडीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते चारै जनालाई पाल्पा मिसन अस्पताल पठाइएको छ ।
अप्ठ्यारो बाटोमा अनियन्त्रित भए रिक्सा सडकबाट झण्डै १ सय मिटर तल खसेको स्थानीय जितु तरामुले बताए ।
प्रकाशित : वैशाख १, २०७८ १६:०२प्रतिक्रिया