कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घाँटी थिचेर श्रीमतीको हत्या

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको सियारीमा श्रीमान्ले घाँटी थिचेर श्रीमतीको हत्या गरेका छन् ।

सियारी गाउँपालिका–३ हर्नैया गाउँका ६६ वर्षीय गनपत बानियाले ५५ वर्षीया कुश्मा बानियाको घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए ।

‘बिहीबार बिहान सवा ३ बजे आफ्नै घरको कोठामा गनपतले कुश्माको घाँटी थिची कर्तव्य गरी मारेको खबरप्राप्त हुनासाथ हामी घटनास्थल पुग्यौं,’ उनले भने, ‘मृतक कुश्माको घाँटीमा शंकास्पद दागसमेत देखिएको थियो ।’

श्रीमान् र श्रीमतीबीच यौनसम्पर्कको विषयलाई लिएर पटकपटक झगडा हुने गरेको प्रारम्भिक अनुसन्धानबाट फेला परेको थापाको भनाइ छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले गनपतलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित : चैत्र २७, २०७७ १३:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?