कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाल्पाको तानसेनमा जिप दुर्घटना : २ जनाको मृत्यु 

माधव अर्याल

पाल्पा — तानसेन नगरपालिका–७, काजीपौवामा मंगलबार बिहान भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

पाल्पाको तानसेनमा जिप दुर्घटना : २ जनाको मृत्यु 

काजीपौवास्थित भित्री सडकखण्डमा भएको दुर्घटनामा बगनासकाली गाउँपालिका–४, खानीछापका २० वर्षीय विजय खाम्चा र रिब्दीकोट गाउँपालिका–४, भैरवस्थानका २७ वर्षीय राजु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा घाइते भएका दुवै जनाको मिसन अस्पतालमा उपचारका लागि लगिए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकरी दिए ।

खुसी फ्रेस हाउसमा कुखुरा छाडेर तानसेन फर्कने क्रममा जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त लु २ च ६३२ नम्बरको जिप सडकबाट २० मिटर तल खसेको थियो । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरेको जनाएको छ ।

प्रकाशित : चैत्र २४, २०७७ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?