कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राप्ती नदीमा डुबेर मृत्यु

रूपा गहतराज

नेपालगन्ज — बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका–५ बिनौनास्थित चिलहरिया गाउँ निवासी २१ वर्षीय दिपक वैश्यको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले बताए ।

राप्ती नदीको मदुवा घाटमा बन्दै गरेको पुल नजिक पौडी खेल्ने क्रममा सोमबारदेखि बेपत्ता भएका वैश्यको मंगलबार बिहान शव फेला परेको हो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय युवाको टोलीले खोजीका क्रममा शव फेला परेको हो । शव परीक्षणका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा पठाइएको छ ।

प्रकाशित : चैत्र १७, २०७७ १५:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?