कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बर्दियामा बाघको आक्रमणबाट एक घाइते

कमल पन्थी

बर्दिया — पाटे बाघले खेतमा काम गरिरहेका एक किसानमाथि आक्रमण गर्दा गम्भीर घाइते भएका छन् ।

गेरुवा गाउँपालिका—१ जनकनगरस्थित ३५ वर्षीय चुलाराम थारु खेतमा पानी सिचाइँ गर्न जाँदा सोमबार बाघले आक्रमण गरेको हो ।

सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर रावतका अनुसार थारुको घरदेखि करिब ४ सय मिटर दूरीमा उक्त घटना भएको हो । थारुको ढाड र टाउकोमा गम्भीर चोट लागेको छ । उनको उपचारका लागि नेपालगन्जस्थित शिक्षण असपताल लगिएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै जनकनगरस्थित सामुदायिक वनबाट आएको बाघले आक्रमण गरेको उपरीक्षक रावतले बताए । घटनास्थलमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली पुगेको थियो ।

प्रकाशित : चैत्र १६, २०७७ १५:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?