कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लुम्बिनीको स्थायी राजधानी भालुवाङ क्षेत्रको जग्गा रोक्का फुकुवा

अमृता अनमोल

बुटवल — लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको भालुवाङ क्षेत्रको जग्गा रोक्का फुकुवा भएको छ ।

लुम्बिनीको स्थायी राजधानी भालुवाङ क्षेत्रको जग्गा रोक्का फुकुवा

शुक्रबार बसेको लुम्बिनी मन्त्रिपरिषद् बैठकले दाङको गढवा र राप्ती गाउँपालिका तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकामा रोक्का गरिएका जग्गा स्थानीय तहका प्रमुखको सिफारिसमा आन्तरिक अंशबन्डा, नामसारी र धितो राख्न मिल्ने गरी फुकुवाको निर्णय गरेको हो । यसअघि प्रदेश सरकारले राप्ती गाउँपालिकाको पूरै र शीतगंगा एवं गढवाका केही वडाका जग्गा बेचबिखन र अंशबन्डामा रोक लगाएको थियो ।

त्यस्तै बैठकले लुम्बिनी प्रदेशमा आगामी वर्षका लागि ६ दिन सार्वजनिक बिदा थप गरेको छ । आगामी वर्ष बकर इद, माघी, कृष्णाष्टमी र फागुन ३ गते प्रदेश स्थापना दिवसका अवसरमा बिदा दिने निर्णय गरिएको हो । वर्षको एक दिन स्थानीय तहले आफ्नो महत्व र आवश्यकताअनुसार बिदा दिन पाउनेछन् ।

यसबाहेक रोल्पा र रुकुम पूर्वका जिल्लामा भुम्या पूजा, तराईका ६ जिल्लामा बड्का आइतबारी, मुस्लिम समुदायलाई रमजान र भगवती जात्रामा पाल्पा जिल्लामा मात्रै बिदा दिने निर्णय गरिएको सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले बताए ।

प्रकाशित : चैत्र १३, २०७७ ११:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?