कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९३

भैंसीलाई सुत्केरी भत्ता

काठमाडौँ — सन्धिखर्क नगरपालिकाले ‘सुत्केरी भैंसी भत्ता’ वितरण सुरु गरेको छ । भर्खरै ब्याएका भैंसीलाई पौष्टिक दानापानी खुवाएर राम्रोसँग स्याहारसुसार गर्न सहयोग पुर्‍याउने उद्देश्यले नगरपालिकाले भैंसीधनीलाई भत्ता दिन थालेको हो । 

नगरका किसानले प्रतिभैंसी सुत्केरी भत्ताबापत २ हजार रुपैयाँ पाउने गरेका छन् । ‘अहिलेसम्म १ हजार १ सय भैंसीलाई सुत्केरी भत्ता दिइयो । अन्न, दानासहित पौष्टिक आहार किन्न सजिलो होस् भनेर किसानलाई यस्तो भत्ता दिएका हौं,’ सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले भने, ‘यस वर्ष भत्ताका लागि निवेदन दिएका १ हजार ६ सय किसानलाई भत्ता वितरण गर्ने कार्यक्रम छ ।’

सुत्केरीमा पोसिलो खानेकुरा खुवाउँदा लामो समयसम्म दूध धेरै दिने गरेकाले दूध उत्पादनमा वृद्धि ल्याउन भत्ता बाँडिएको उनले बताए । नगरपालिकाका १२ वटा वडामा २० हजार भैंसी छन् ।

प्रकाशित : चैत्र ९, २०७७ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?