कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चन्द समूहकी नेता नेकपा ओली पक्षमा 

माधव अर्याल

पाल्पा — नेत्रविक्रम चन्द समूहको नेतृत्व नेकपाकी पूर्व जिल्ला इन्चार्ज पार्वती विक नेकपा ओली समूहमा बिहीबार प्रवेश गरेकी छन् । दुई साताअघि स्वतन्त्र बस्ने घोषणा गरेकी विकले शान्तिपूर्ण राजनीतिमा लाग्ने घोषणा गरेकी हुन् ।

चन्द समूहकी नेता नेकपा ओली पक्षमा 

नेकपा पाल्पा (ओली) समूहका अध्यक्ष नारायण आचार्यले नेता विकलाई महत्वपूर्ण जिम्मेवारी दिने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । विक १० वर्षे माओवादी जनयुद्धकालमा समेत भूमिगत भएर काम गरेकी थिइन् । वैद्य नेतृत्वको माओवादी हुँदै पछिल्लो समयमा नेत्र वक्रम चन्द समूहको नेकपामा दुई वर्षदेखि भूमिगत थिइन् ।

‘मलाई पनि धेरैले गर्ने गरेको सहज राजनीतिमा क्रियाशील हुन मन लागेको छ,’ उनले भनिन्, ‘सशस्त्र विद्रोहबाट परिवर्तन सम्भव देखिएन त्यसैले शान्तिपूर्ण आन्दोलनमा सहभागी हुने निधो गरेकी हुँ ।’ उनले राजनीतिप्रति वितृष्णा जागेको भन्दै दुई साताअघि नै स्वतन्त्र बस्ने घोषणा गरेकी थिइन् । विकले नेत्रविक्रम चन्द समूहमा पाल्पा र गुल्मी इन्चार्ज भएर काम गरेकी थिइन् ।

बिहीबार मात्रै सरकार र चन्द समूहबीच ३ बुँदे सहमति भएको छ । सरकारसँगको सहमतिपछि चन्द नेतृत्वको नेकपा हिंसात्मक गतिविधि छाडेर शान्तिपूर्ण राजनीतिमा आउन तयार भएको छ भने सरकारले पनि उक्त पार्टीमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । २ वर्षदेखि भूमिगत रहेका पार्टीका महासचिव नेत्रविक्रम चन्द पनि शुक्रबार सार्वजनिक हुने भएका छन् ।

प्रकाशित : फाल्गुन २१, २०७७ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?