कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बलात्कार अभियोगमा दुई बालक पक्राउ

दुर्गालाल केसी

दाङ — बालिका बलात्कारको अभियोगमा दाङमा दुई बालक पक्राउ परेका छन् । मंगलबार बेलुका ११ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा बुधबार बिहान बबई गाउँपालिका ५ खैरबोट निवासी ११ र १२ वर्षीय बालकलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । 

बलात्कृत बालिकाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित : फाल्गुन १९, २०७७ २१:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?