कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साढे दुई वर्षपछि विद्युत् आयोजना फेरि सञ्‍चालनमा

हरि गौतम

रुकुम पूर्व — जिल्लाको एक विद्युत् आयोजना २९ महिनापछि पुन: सञ्‍चालन भएको छ । सिस्ने गाउँपालिका–८, स्थित जामाखोलाको लघु जलविद्युत् आयोजना साढे दुई वर्षमा पुन: सञ्‍चालन भएको हो । 

साढे दुई वर्षपछि विद्युत् आयोजना फेरि सञ्‍चालनमा

२०७२ माघ २६ गते निर्माण भएको यो आयोजनामा त्यसको ४ वर्षपछि २०७५ असोज ३० गतेको पहिरोले क्षति पुर्‍याएपछि बन्द भएको थियो । ९० किलोवाट क्षमताको यो आयोजनाबाट सिस्ने गाउँपालिका वडा नम्बर ७ र ८ तथा रुकुम पश्चिमको मुसीकोट नगरपालिका १ छिङका गरी ९ सय २६ घरमा उक्त विद्युत् जडान गरेका छन् ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको २ करोड १३ लाख र स्थानीयको श्रमदान गरी झन्डै ४ करोड रुपैयाँको लगानीमा उक्त आयोजना निर्माण भएको थियो । पहिरोले क्षति पुर्‍याएको आयोजना करिब आधा करोडको लागतमा पुनर्निर्माण गरेर सञ्‍चालन गरिएको हो । प्रतिनिधिसभा सदस्य कमला रोकाको पूर्वाधार क्षेत्र विकास कार्यक्रमबाट आएको ४९ लाख ९७ हजार १ सय ७२ रुपैयाँमा क्षतिग्रस्त विद्युत् आयोजनाको पुनर्निर्माण भएपछि पुन: घर घरमा बत्ती बलेको विद्युत् उपभोक्ता समिति अध्यक्ष बिर्खबहादुर बुढाले जानकारी दिए । लामो समयपछि बत्ती बाल्न पाएपछि उपभोक्ताहरु हर्षित भएका छन् ।

आइतबार विद्युत् गृहमा बलेको विद्युत् सोमबारदेखि सबैको घरमा बल्न थालेको छ ।

पुनर्निर्माणको क्रममा उक्त आयोजनामा फेरि पहिरो गएको थियो । यसले पनि आयोजना मर्मत गरी सञ्‍चालनमा ढिलाई भएको अध्यक्ष बुढाले बताए । उक्त आयोजना क्षतिग्रस्त बनेपछि सर्वसाधारण उपभोक्ताले नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनको बिजुली बाल्दै आएका थिए । लामो समयको प्रयासपछि बिजुली बल्न थालेको गाउँपालिका उपाध्यक्ष गोवर्धन बुढाले बताए ।

प्रकाशित : फाल्गुन १८, २०७७ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?