कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ससुराको हत्या आरोपमा बुहारी पक्राउ

माधव अर्याल

पाल्पा — गुल्मीमा ससुराको हत्या गरेको आरोपमा प्रहरीले बुहारीलाई पक्राउ गरेको छ । 

फागुन ८ गते रुरुक्षेत्र गाउँपालिका–३, थोर्गा झमेरेपोखराका ८७ वर्षीय नन्दकुमार ज्ञवाली आफ्नै घरमा मृत फेला परेका थिए । प्रहरीले अनुसन्धानका लागि घरमा रहेकी कान्छी बुहारी ४२ वर्षीया मनकला ज्ञवालीलाई नियन्त्रणमा लिएको थियो । प्रारम्भिक अनुसन्धानमा बुहारीले पैसाका लागि ससुराको हत्या गरेको हुन सक्ने देखिएको गुल्मीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी पुरुषोत्तम पाण्डेयले बताए ।

प्रहरीका अनुसार मनकलाको कोठाबाट प्रहरीले ७९ हजार रुपैयाँसमेत बरामद गरेको छ । उनलाई फागुन ९ गते पक्राउ गरी अनुसन्धानका लागि अदालतबाट म्याद थप गरिएको पाण्डेयले बताए । प्रहरीका अनुसार मृतकको टाउकोमा चोट लागेको थियो । मनकलाले नै जेठाजुमार्फत ससुरा मृत फेला परेको जानकारी प्रहरीमा दिएकी थिइन् ।


प्रकाशित : फाल्गुन ११, २०७७ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?