कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ढिस्कोले पुरेर दुई जनाको मृत्यु 

माधव अर्याल

पाल्पा — बालुवाको ढिस्कोले पुरेर पाल्पाको देवीनगरमा शनिबार दुई जनाको मृत्यु भएको छ ।

ढिस्कोले पुरेर दुई जनाको मृत्यु 

जिल्लाको पूर्वखोला गाउँपालिका–४, देवीनगर बलीपोखराकी १३ वर्षीया पवित्रा सारु र ३६ वर्षीया मायादेवी सिंहको ढिस्कोले पुरेर मृत्यु भएको प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए । सारुको घटनास्थलमै र सिंहको गाउँकै मेडिकलमा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

देवीनगरको छेबकुनमा रहेको बालुवा खानीमा गाउँको समूह मिलेर नौ जना बालुवा लिन गएका थिए । बालुवा खन्ने क्रममा ढिस्को खसेर दुई जनालाई च्यापेको पूर्वखोला–४, देवीनगरका वडा सदस्य मेहरसिंह थापाले जानकारी गराए । उनका अनुसार बलीपोखरा गाउँमै बालुवा खानी रहेको छ । गाउँमा घर बन्दै गरेको र समूह मिलेर बालुवा खन्न गएका थिए ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक तथा सूचना अधिकारी पचभैयाले बताए ।

प्रकाशित : फाल्गुन ८, २०७७ १७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?