कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हतियारसहित तीन जना पक्राउ

रूपा गहतराज

नेपालगन्ज — बाँके राष्ट्रिय निकुञ्जबाट हतियारसहित तीन जना पक्राउ परेका छन् । निकुञ्जद्धारा सञ्चालित ‘अपरेशन महाहन्ट खैरीकोट’ सातौंमा खटिएको नेपाली सेना र निकुञ्ज कार्यालयका कर्मचारीसहितको संयुक्त टोलीले हतियारसहित उनीहरुलाई पक्राउ गरेको हो ।

हतियारसहित तीन जना पक्राउ

पक्राउ पर्नेहरुमा सल्यानको कालिमाटी गाउँपालिका–३का २० वर्षीय वीरबहादुर पुन मगर, ३८वर्षीय रमेश घर्ती र २६ वर्षीय खेमबहादुर थापा रहेका छन् । उनीहरुको साथबाट दुई थान भरुवा बन्दुकसमेत बरामद भएको नेपाली सेनाले जनाएको छ ।

हतियारसहित निकुञ्ज इलाकाभित्र हर्कत गरेको र अवैध वन्यजन्तु चोरी सिकारी कार्यमा संलग्न रहेको अभियोगमा माघ २१ गते सात नाल बन्दुकसहित पक्राउ परेका ९ जनालाई सोधपुछ गर्ने क्रममा सिकारी समूहका थप तीन जना पक्राउ परेका हुन् ।

पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि बाँके राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाएको निकुञ्जका सूचना अधिकारी महेश न्यौपानेले बताए ।

प्रकाशित : माघ २६, २०७७ २२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?