कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्युठानमा जिप खस्दा एकको मृत्यु, १० जना  घाइते

प्युठान — प्युठानमा जिप सडकबाट खस्दा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । दाङको भालुवाङबाट रोल्पाको सुलीचौरका लागि छुटेको रा१ज ८०९ नम्बरको स्कारपियो जिप शुक्रबार बिहान १० बजे प्युठानको सरुमारानी गाउँपालिका–६ मोतीपुरमा दुर्घटनाग्रस्त भएको हो ।

प्युठानमा जिप खस्दा एकको मृत्यु, १० जना  घाइते

अर्घाखाँची शीतगंगा नगरपालिका–७ का ४२ वर्षीय टंकबहादुर बुढाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी सुनील मल्लले जानकारी दिए ।

घाइतेमध्ये चालक दशरत विश्वकर्माको अवस्था गम्भीर भएकाले उपचारका लागि बुटवल लगिँदै गरेको र ९ जना घाइतेको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : माघ २३, २०७७ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?