आगलागीमा दाजुबहिनाको मृत्यु भएको छ । प्यूठानको गौमुखी गाउँपालिका–३ रजवारास्थित दाङवाङका ७ वर्षीय बालक हिमाल र ३ वर्षीया बालिका चन्द्रकला रानाको मृत्यु भएको हो ।
मल्लरानी गाउँपालिका–४ र प्यूठान नगरपालिका–१ को सीमाक्षेत्रमा पर्ने बुढाचौर सामुदायिक वन क्षेत्रमा मंगलबार बिहानदेखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन । डढेलोले बुढाचौर सामुदायिक वन क्षेत्रको सयौं हेक्टरमा क्षति पुर्याएको छ ।
झिमरुक गाउँपालिका–७ की एक सुत्केरीको आइतबार बिहान मृत्यु भएको छ । प्यूठान अस्पतालमा गत बिहीबार शल्यक्रिया गराएर सुत्केरी गराइएकी २४ वर्षीया अनिसा एमसीको आइतबार बिहान मृत्यु भएको हो ।
लुम्बिनी प्रदेशमा निर्माणाधीन र पूरा भएका योजनाको शिलान्यास र उद्घाटनको होड चलेको छ । प्रधानमन्त्री, मुख्यमन्त्री र मन्त्रीहरू यस्ता कार्यक्रममा सहभागी भएका छन् । तर प्रदेशका विभिन्न जिल्लामा वर्षौंअघि सुरु भएका धेरै योजना अझै अलपत्र छन् ।
प्युठानमा जिप सडकबाट खस्दा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । दाङको भालुवाङबाट रोल्पाको सुलीचौरका लागि छुटेको रा१ज ८०९ नम्बरको स्कारपियो जिप शुक्रबार बिहान १० बजे प्युठानको सरुमारानी गाउँपालिका–६ मोतीपुरमा दुर्घटनाग्रस्त भएको हो ।
रोल्पा र प्यूठानको सिमानामा पक्की पुल निर्माण गरिरहेको ठेकेदार कम्पनीको एउटा एक्स्काभेटर मंगलबार राति अज्ञात समूहले जलाइदिएको छ। प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचानका लागि दुवै जिल्लाका प्रहरी परिचालन गरिएको जनाएको छ।