नेपालगन्ज उपमहागरका वडाध्यक्षको निधन 

रूपा गहतराज

नेपालगन्ज — नेपालगन्ज उपमहानगरपालिका ९ का वडाध्यक्ष विष्णुबहादुर लामाको निधन भएको छ । केही दिनदेखि राजधानीको मेडासिटी अस्पतालमा उपचाररत लामाको बिहीबार निधन भएको नेपालगन्ज उपमहानगरका उपमेयर उमा थापा मगरले बताइन् । उनका अनुसार लामाको कलेजो, छाती, आन्द्रा लगायतका भागमा समस्या देखिएको थियो ।

वडा अध्यक्षको उपचारका लागि पैसा अभाव भएपछि नेपालगन्ज उपमहानगर पालिकाले डेढ लाख, जनप्रतिनिधि तथा कर्मचारीबाट साढे तीन लाख संकलन गरी पाँच लाख उपचारका लागि पठाएको नेपालगन्ज उपमहानगरका प्रवत्ता प्रमोद रिजालले जनाए ।

लामा तत्कालीन एमालेबाट विजयी भएका थिए । नेकपाका नेता लामा पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय थिए ।

प्रकाशित : माघ २२, २०७७ १८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?