कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माडी नदीबाट स्वर्गद्वारीमा पानी पुर्‍याउन बजेट व्यवस्था गर्छौं : मन्त्री थापा 

प्यूठान — खानेपानीमन्त्री मणिचन्द्र थापाले माडी नदीबाट पानी लिफ्टिङ गरी स्वर्गद्वारीमा ल्याउन आगामी वर्ष बजेट व्यवस्था गर्ने आश्‍वासन दिएका छन् ।

माडी नदीबाट स्वर्गद्वारीमा पानी पुर्‍याउन बजेट व्यवस्था गर्छौं : मन्त्री थापा 

धार्मिक तीर्थस्थल स्वर्गद्वारीमा खानेपानी अभावबारे बिहीबारको छलफलमा मन्त्री थापाले स्वर्गद्वारीमा भइरहेको खानेपानी अभाव समाधान गर्ने विषयमा मन्त्रालयले योजना बनाउन थालिएको बताए । ‘यो वर्ष विस्तृत परियोजना अध्ययन (डीपीआर) गरिने छ,’ उनले भने, ‘अर्को वर्ष बजेटको व्यवस्था गरेर योजना कार्यान्वयन हुन्छ ।’

छलफल कार्यक्रममा मन्त्रालयका सचिव, विभागीय प्रमुख, उपमहानिर्देशकसहितको टोली स्वर्गद्वारीमा पुगेर खानेपानीको दीगो समाधानको विषयमा छलफल गरेको हो । स्वर्गद्वारी आश्रम र आसपासका गाउँमा खानेपानी पुर्‍याउन माडी नदीबाट लिफ्ट एकमात्र विकल्प रहेको स्वर्गद्वारी नगरपालिकाका मेयर नेत्रबहादुर रोकायाले मन्त्रीको टोलीलाई जानकारी गराएका थिए ।

यहाँ दैनिक तीन सयको हाराहारीमा पर्यटक आउँछन्, ४ सयको सख्यामा आश्रम परिवार बसोबास गर्दछन् । ४ सय ६० गाईलाई सधैं पानीको समस्या हुने गरेको आश्रमका प्रमुख प्रसाशकीय अधिकृत हरि अधिकारीले बताए ।

प्रकाशित : माघ १५, २०७७ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?