कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निर्वाचन आयोगले कुनै निर्णय नगर्ने निर्णय गर्‍यो : भुसाल

माधव ढुंगाना

भैरहवा — नेकपा दाहाल–नेपाल समूहका नेता तथा पूर्वमन्त्री घनश्याम भुसालले निर्वाचन आयोगले कुनै पनि निर्णय नगर्ने निर्णय गरेको प्रतिक्रिया दिएका छन् ।

निर्वाचन आयोगले कुनै निर्णय नगर्ने निर्णय गर्‍यो : भुसाल

सोमबार बिहान रुपन्देहीको भैरहवास्थित लुम्बिनी प्रेस क्लबले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै आयोगले यस्तो विवादमा निर्णय सुनाएर आफ्नो औचित्य साबित गर्नुपर्नेमा चुकेको उनले बताए ।

‘कानुनअनुसार आधार पुगेपछि त्यसलाई सही ठहर्‍याउनु पर्ने हो,’ उनले भने, ‘आयोगले निर्णय नगरेर आफ्नै औचित्य पुष्टि गर्न बाँकी राख्यो ।’

उनले आयोगले नेकपाको केन्द्रीय समिति ४ सय ४१ सदस्यीय रहेको पुष्टि गरेको दाबी गरे । ‘तर, त्यसको आधारमा बहुमत केन्द्रीय सदस्यले गरेको निर्णय मान्य भएन,’ भुसालले भने, ‘अब यो हाम्रोभन्दा आयोगको समस्या हो ।’ आफूहरुले आयोगलाई किन निर्णय गरेनौं भनेर प्रश्न गर्ने उनले बताए ।

प्रकाशित : माघ १२, २०७७ ११:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?