कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुपन्देहीको तिलोत्तमामा खानेपानी आयोजनाको पाइपमा आगलागी

अमृता अनमोल

बुटवल — रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ को सीमानगरमा राखिएको खानेपानी आयोजनाको पाइपमा आगलागी भएको छ । बिहान ११ बजे एक्कासि पाइपमा आगो लाग्न सुरु गरेको थियो ।

रुपन्देहीको तिलोत्तमामा खानेपानी आयोजनाको पाइपमा आगलागी

सिद्धेश्वर धाम नजिक संघीय सरकारले खानेपानी आयोजना विस्तारका लागि राखेका पाइपहरुमा आगलागी भएको हो । आगलागीबाट करिब २० किलोमिटर क्षेत्रफलमा विस्तारका लागि राखिएका पाइप जलेर नष्ट भएका छन् ।

आगोलाई अहिले तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर नगरपालिका र बुटवल उपमहानगरपालिकाको दमकलले निभाइरहेको तिलोत्तमा नगरपालिका वडा नम्बर ४ का अध्यक्ष दीवाकर ढकालले जानकारी दिए । स्थानीय नागरिकसमेत जुटेर केही पाइप सार्न सफल भएको पनि उनले बताए ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले उक्त स्थानमा करिब २० किलोमिटर क्षेत्रफलमा पुग्ने पाइप राखेको थियो । शंकरनगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको समेत लगानीमा खानेपानी विस्तार आयोजना सुरु भएको थियो ।

प्रकाशित : माघ १०, २०७७ १२:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?