कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लोकतन्त्रको घाँटी रेटियो : भण्डारी

नवीन पौडेल

परासी — कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले बहुमत प्राप्त हुँदाहुँदै प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गर्दा लोकतन्त्रको घाँटी रेटिएको टिप्पणी गरेका छन् । 

लोकतन्त्रको घाँटी रेटियो : भण्डारी

पश्चिम नवलपरासीको सुनवलमा शनिबार आयोजित विरोधसभामा बोल्दै भण्डारीले ओली नेतृत्वको सरकार अधिनायकवादको उत्कर्षमा पुगेको पनि बताए । लोकतन्त्रको रक्षा र जनअभिमतको कदर गर्न कांग्रेसले सडक संघर्ष चर्काउन परेको उनले बताए ।

कांग्रेस निर्वाचनमा जान तयार भए पनि जनमतको कदर नगर्ने ओली नेतृत्वको सरकारविरुद्ध खबरदारीमा उत्रिएको उनको भनाइ थियो । ‘जनताले सुम्पिएको जिम्मेवारी बहन गर्न नसक्ने नेकपा पार्टी अब पतनको दिसातर्फ अग्रसर भएको छ,’उनले भने,‘लोकतन्त्रको रक्षा गर्न कांग्रेस पार्टीको विकल्पमा अरु शक्ति नभएको भन्दै लोकतन्त्र र जनताको पक्षमा काम गर्न लागिपरेका छौं ।’

कांग्रेस पश्चिम नवलपरासीले आजै सदरमुकाम कावासोतीमा पनि विरोध प्रदर्शन गरेको छ । विरोधसभामा केन्द्रीय सदस्य पुष्पा भुषाल र देवेन्द्रराज कँडेलले सम्बोधन गरेका थिए ।

प्रकाशित : माघ ३, २०७७ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?