कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजमार्ग चौराहा–चिडियाखोला सडक विस्तार गर्न बाटो खुला

सन्जु पौडेल

तिलोत्तमा — बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्म सडक विस्तार गर्न अदालतले बाटो खुला गरिदिएको छ । २४ जनाले दायर गरेको पछिल्लो रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको हो । 

राजमार्ग चौराहा–चिडियाखोला सडक विस्तार गर्न बाटो खुला

गत असार ९ गते सर्वोच्चले अल्पकालीन आन्तरिम आदेश जारी गरेपछि सडक विस्तार कार्य रोकिएको थियो । पछिल्लोपटक न्यायाधीश सपना प्रधान मल्ल र मनोज कुमार शर्माको संयुक्त इजलासले उक्त आदेशलाई निरन्तरता दिन नपर्ने निर्णय गरेको हो ।

आदेशमा जिल्ला सडकको केन्द्र विन्दुबाट दायाँबायाँ २५/२५ मिटर कायम गरी फिल्डबुक कायम भएपश्चात् बाँकी रहेको जग्गाका निवेदकहरूले हाल साबिक गराई नयाँ जग्गाधनी प्रमाणपुर्जा लिएको भन्ने देखिँदा २०७७ असार ९ गतेको आदेशलाई निरन्तरता दिनुनपर्ने उल्लेख छ ।

करिब डेढ वर्षअघि तुलसीपुर उच्च अदालतको बुटवल इजलासले जग्गाधनीलाई कानुनी प्रक्रिया पुर्‍याएर मुआब्जा दिएपछि मात्र सडक विस्तार कार्य गर्न आदेश दिएपछि सडक विस्तार रोकिएको थियो । उक्त आदेशपछि १ सय ५६ निवेदकमध्ये १ सय ५० जनाको मुआब्जाका लागि प्रमाण नपुगेको र ६ जनाको हकमा थप कागजात हेर्नुपर्ने भएको भन्दै १५ दिनभित्र आयोजनामा सम्पर्क राख्न सूचना जारी गरिएको थियो । तर, उनीहरूले प्रमाण पेस गर्न नसकेपछि २४ जना सर्वोच्च अदालत पुगेका थिए ।

उक्त खण्डमा ३ सय १० घर र बाँकी ४७ खाली जग्गा गरी ३ सय ५७ जनाले सडक सीमा मिचेकोमा २ सय जनाभन्दा बढीले यसअघि नै संरचना भत्काई सडक खाली गरिसकेका छन् ।

प्रकाशित : पुस २४, २०७७ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?