अंगिरा मृत्यु प्रकरण : संयुक्त दलित संघर्ष समितिद्वारा जिल्ला अदालतअगाडि प्रदर्शन
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
तिलोत्तमा — गत जेठ १० गते देवदहमा बलात्कारपछि मृत्यु भएकी अंगिरा पासीको मृत्यु प्रकरणमा संलग्नलाई कारबाही गरी अंगिरालाई न्याय दिनुपर्ने भन्दै संयुक्त दलित संघर्ष समिति रुपन्देहीले मंगलबार जिल्ला अदालत अगाडि प्रदर्शन गरेको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![अंगिरा मृत्यु प्रकरण : संयुक्त दलित संघर्ष समितिद्वारा जिल्ला अदालतअगाडि प्रदर्शन](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2020/miscellaneous/rupandehi-pradarshan-angira-pasi-and-rukum-case-2362020090710-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
विभिन्न प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका उनीहरुले अंगिरालाई न्याय देउ, हत्यारालाई कारबाही गर, मुलुकभर भएका जातीय विभेदका घटना पहिचान गर जस्ता नारा लगाएका थिए । यसअघि पनि दलित हत्याका सवालमा न्यायालय र प्रशासनले उचित न्याय नदिएकाले अंगिराको मुद्दामा सही फैसला होस् भनी ध्यानाकर्षण गराइएको समितिका जिल्ला अध्यक्ष हरिओम विकले बताए ।
अंगिरा पासीसँगै रुकुम घटना समेत जातीयताकै कारण भएकाले सो घटनामा समेत न्यायालयले पीडित परिवारलाई उचित न्याय दिनुपर्ने आफूहरुको माग रहेको अभियन्ता विनोद पहाडीले बताए । दलितका सन्दर्भमा जताततैबाट हत्यारा उम्काउने प्रयास गर्नु र सही तरिकाले अनुसन्धान नहुँदा पीडितले न्याय नपाएको सन्दर्भमा दबाबमूलक ध्यानाकर्षण गर्न विरोध प्रदर्शन गरिएको उनले बताए ।
यसैबीच, मंगलबार नै हत्याका आरोपित विरेन्द्र भर, उनकी आमा र ठूली आमालाई अभियोजन पेशपश्चात बयानका लागि जिल्ला अदालत लगिएको छ । समय रहे मंगलबारबाटै थुनछेक बहस सुरु हुने बताइएको छ ।
सम्बन्धित समाचारहरू :
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)